हवाई भाडा घट्यो, कहाँको भाडा कति ?


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । सरकारले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ भाडा घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । संघका अनुसार आइतबारबाट लागू हुने गरी माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तब्यका लागि घटेको हो ।

हवाई भाडा न्यूनतम ९० देखि ४४० रुपैयाँसम्म घटेको छ । नयाँ भाडादर अनुसार काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ ।

काठमाडौं–पोखरा ५ हजार ५०, काठमाडौं–विराटनगर ७ हजार ५ सय ५०, काठमाडौं–भरतपुर ३ हजार ६ सय ५० रुपैयाँ, काठमाडौं–तुम्लिङटार ६ हजार रुपैयाँ, काठमाडौं–जनकपुर ४ हजार ३ सय, काठमाडौं–भैरहवा ६ हजार २ सय, काठमाडौं–नेपालगञ्ज १० हजार र काठमाडौं–भद्रपुर ९ हजार १ सय कायम भएको छ । साथै माउन्टेन फ्लाइट ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया