एन आई सी एशियाको शाखा डल्लीमा


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका वडा नं ७, जाजरकोट स्थित डल्लीबजारमा शुरु भएको छ । शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलबाट शुक्रबार भव्य समारोहका बिच उघाटन भएको हो ।

बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया