‘धोबीखोला करिडोर’ पहिलो चरणको काम सकियो


आर्थिकन्यूज

काठमाडौं, पुष २७ । धोबीखोला करिडोरको तीन चरण मध्य पहिलो चरणको काम सकिएको छ । धोबिखोला करिडोर बागमती पुलदेखि चाबहिल सम्म ११ किलोमिटर चाबहिल देखि कपन सम्म ८ किलोमिटर र कपन भंगालदेखि राम मन्दिरसम्म ५ किलोमिटर रहेको छ ।

जम्मा २४ किलोमिटर मध्य अहिले सम्म ११ किलोमिटरको काम सकिएको छ । भने अरु काम तिब्र रूपमा भइरहेको छ । चालु आर्थिक वर्ष भित्र निलोपुल सम्म कालोेपत्र गरिसक्ने का. मु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए ।

बुढानिलकण्ठको राम मन्दिर सम्म खोलाको किनार छुट्याउने र ट्रायक खोल्ने काम सकिसकेको उनले बताए । धोबिखोला करीडोरको समस्या भनेको ढल बिछ्याउने रहेको छ । ढल बिछ्याउने काम बागमती सभ्यताले हेरेको हुनाले बागमतीको ढल नबिछ्याइ धोबिखोलाको कालोपत्रे गर्ने काम नहुने भएकोले रोकिएको भण्डारीले बताए ।

उनले भने ‘उँहाहरु अगाडि अगाडि काम गर्दै जानुहुन्छ र हामी पछि पछि काम गर्दै आइरहेका छौ’ । धोबिखोला करिडोरको काम जटिल भएकाले यतिनै समयमा सक्ने भन्ने कुनै टुङगो थिएन । यो काम गर्न व्यक्तिको घर भत्काएर र जमिन लिएर गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ ।

धोबिखोला करिडोरको लागि ४ अर्ब ५८ करोड बजेट छुट्याएकोमा २ अर्ब ९८ करोडको काम भैसकेको र बाँकिको काम भैरहेको भण्डारीले जानकारी दिए । धोबिखोलाको काम ६६/६७ मा महानगरपालिकाले लिएको र पछि उपत्यका विकास प्राधिकरण समितिलाई जिम्मा दिएको थियो ।

उपत्यका विकास प्राधिकरण समितिले जिम्मा लिएको पनि ९ वर्ष भैसकेको छ । अब भने ७७/७८ सम्ममा सक्ने निर्णय लिएको उनले बताए । यसको ठेक्का समान्तर निमार्ण सेवा कम्पनिले लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया