शनिबार पाँच कम्पनीको साधारण सभा


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । भोलि पुस २८ गते शनिबार पाँच कम्पनीको साधारण सभा हुने भएकोछ । ती सप्तकोसी डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र सिर्जना फाइनान्स लिमिटेड रहेको छ ।
सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको छैटौं वार्षिक साधारण सभा पुस २८ गते बिहान साढे १० बजे शनिबार उद्योग संगठन मोरङ, विराटनगरमा हुने भएको छ । सभाका लागि बुक क्लोज पुस ८ गतेदेखि पुस २८ गतेसम्म बन्द रहनेछ । सभामा ३ प्रतिशत बोनस शेयर र ५ दशमलव ०३६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । उक्त लाभांश पुस ७ गते सम्म कायम शेयधनीले मात्र पाउनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँ रहेको छ ।

काबेली विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस २८ गते शनिबार, दिउँसो साढे १२ बजे, धनकुटा नगरपालिका बडा नं. ७ धनकुटाको होटल चिप एण्ड बेष्टमा हुने भएको छ । सभाका लागि बुक क्लोज पुस १३ गतेदेखि पुस २८ गतेसम्म शेयर किताब बन्द गर्ने निर्णय भएको छ । सभामा ५ प्रतिशत लाभांश जारी गर्ने भएको छ । उक्ता लाभांश पुस १२ गते सम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुग्नेछ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधाराण सभा पुस २८ गते बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा हुने भएको छ । सभाका कम्पनीले ५ दशमलव २ प्रतिशत बोनस शेयर वितरण गर्नेछ ।

सिन्धु विकास बैंकको नवौं वार्षिक साधारण सभा पुस २८ गते बिहान १० बजे मेलम्ची रिभर रिर्सोट, सिन्धुपाल्चोकमा हुने भएको छ । सभाका लागि बुक क्लोज पुस १७ गते देखि २७ गते सम्म बन्द गरिएको छ ।
सभामा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने र संचालकको निर्वाचन रहेको छ ।

सिर्जना फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पुस २८ गते, मोरङ व्यापार संघको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे हुने भएको छ । सभामा सिर्जन फाइनान्सले १५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५० प्रतिशत नगद लाभांशसँगै ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

जसको लागि कम्पनीले बुक क्लोज पुस १३ गतेदेखि २८ गते सम्म बन्द गरेको छ । उक्त लाभांशका लागि पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया