हर्ट भिडियो ‘हुरी चल्यो १६ वर्षे वैंशको..’


आर्थिकन्यूज

काठमाडौ, पुस २७ । यो पौषको जाडो याममा हर्टडान्सिङ बीटको ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको…..’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक, गायिका अर्जुन सुनाम र बिन्दु परियारकोे मिठो स्वर रहेको गीत ‘हुरी चल्यो…’ हालै स्रोतामाझ आएको छ । गीति लेखनमा आफ्नो पृथक पहिचान बनाईसक्नु भएकी सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत रहेको भिडियोका निर्देशक शिवन श्रेष्ठ हुन् ।

अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकार देख्न सकिन्छ । केशव आचार्यको प्रोडक्शन रहेको सुन्दर म्युजिक भिडियो श्रृष्टि किड्र्स टिभि युसएबाट सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया