यस साता नेप्सेमा ११ करोड १५ लाख कित्ता शेयर सुचिकृत


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ करोड १५ लाख ३० हजार ५३१ दशमलव ४४ कित्ता शेयर सुचिकृत भएको छ । दुई कम्पनीको आईपीओ र दुई कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।

अपर तामाकोशी लघुवित्त हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ सुचिकृत भएको छ भने स्वदेशी लघुवित्तको ११ करोड ५० लाख कित्ता र नागबेली लघुवित्तको ७ लाख ६६ हजार ५३१ दशमलव ४४ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया