कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । कृषि विकास बैंकको आज विहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंंकका अनुसार बैठकले ६ प्रतिशत बोनस शेयर र १५ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया