लिटरमै १० रुपैयाँ हवाई इन्धनको भाउ घटेपछि आन्तरिक हवाइ भाडापनि घट्ने, घटेको हवाई भाडा आइतबारबाटै लागू हुने


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको भाउ शुक्रबारदेखि नै लागू हुने गरी प्रति लिटर १० रुपैयाँले घटाएपछि आन्तरिक उडानका वायुसेवाले पनि हवाई भाडा घटाउने भएका छन् ।

आन्तरिक उडानका वायुसेवा कम्पनीले काठमाडौं विमानस्थललाई आधार बनाएर आइतबारबाटै लागू हुने गरी हवाई भाडा घटाउने भएका छन् । आन्तरिक वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालको शुक्रबार बस्ने बैकठकपछि कुन गन्तव्यमा कति घटाउने भन्ने निर्णय हुने भएको छ ।

संघका अनुसार आयल निगमले प्रतिलिटर १० रुपैयाँ इन्धनको भाउ घटाउँदा जहाजले प्रयोग गर्ने इन्धनमा पर्ने लागत निकै कम हुन्छ । तसर्थ, वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेका बेला बढाउने र घटेका बेला घटाउने गरी इन्धन चार्ज लिने गरेका छन् । हवाई भाडा वर्षोदेखि स्थिर रहेको हुन्छ ।

वायुसेवा कम्पनीले यात्रुलाई हवाई भाडा र इन्धनको भाडावापत जोडेर एकमुष्ट भाडा लिने गरेका छन् । यस्तो हुँदा हवाई भाडा महंगो देखिने गरेको छ । तर, वास्तविक हवाई भाडा भने इन्धनको शुल्क भन्दा निकै कम हुने गरेको छ ।
हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छ ।

यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको/बढेको रूपमै लिन्छन् ।  हवाई भाडा घट्दा काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरर सबैभन्दा टाढा धनगढीलाई आधार बनाएर मूल्य घटबढ गर्ने गरीएको छ ।

यसपाली पनि सोही अनुसार मूल्य घटाइने गर्छ । काठमाडौंबाट सिमरा २० मिनेटकै उडानमा पुगिने भएकोले यो सबैभन्दा कम र सबैभन्दा लामो दुरी सवा घण्टा धनगढीको निम्ति हुने गरेको छ । यसैगरी माउन्टेन फ्लाइटमा पनि भाडा घट्ने वायुसेवा सञ्चालक संघको भनाइ छ ।

वायुसेवा संचालक संघका अनुसार आइतबारबाट लागू हुने गरी भाडा घटाइने छ । यसपटक घटाइने भाडामा न्युनतम ५० रुपैयाँदेखि एक हजारभन्दा माथि नै भाडा घट्ने भएको छ । यसका लागि गन्तव्य अनुसार हिसाव गरेर भाडा घटाउनुपर्ने हुन्छ । यस्तो हिसवा बढ्दा र घट्ना हुने अनुपात एउटै हुने पनि वायुसेवा सञ्चालक संघको छ ।

प्रति लिटर आन्तरिक हवाई इन्धनको मूल्य १०४ रुपैयाँ ५० पैसा बाट घटेर ९४ रुपैयाँ ५० पैसा भएको छ । यस अघि २०७३ असारमा प्रति लिटर १० रुपैयाँका दरले हवाई इन्धनको मूल्य घटेको थियो ।

त्यतिबेला आन्तरिक उडानका वायुसेवा कम्पनीहरूले १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँसम्म हवाई भाडा घटाएका थिए । त्यो भन्दा अगाडि २०७२ मा हवाइ इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँ घट्दा हवाई भाडा अधिकतम १८ प्रतिशतसम्मले घटेको थियो । त्यसबेला न्यूनतम ६ सय २० देखि अधिकतम २ हजार १ सय ३५ रुपैयाँसम्म घटाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया