पोरो, बनारस र लखनउको असफलतापछि बुद्धको रोज्यो कलकत्ता, एयर इन्डियासँग प्रतिस्पार्धा गरेर उडान गर्न सक्ला ?


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । भारत सरकारको स्वामित्वको एयर इण्डियासँग प्रतिस्पर्धा गर्न आन्तरिक उडानमा वर्चस्व जमाउँदै आएको निजी क्षेत्रको बुद्ध एयरले आगामी बैशाखदेखि काठमाडौं–कोलकाता–काठमाडौं सीधा उडान गर्ने भएको छ ।यस अघि पोरो, बनार र लखनउको उडान असफलता पाएको बुद्धले अब भने बैशाखबाट कलकत्ता उडान गर्ने भएको छ ।

भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सीधा उडान भर्दै आएको एयर इण्डियासँग काठमाडौं–कोलकाता–काठमाडौं रुटमा बुद्धले प्रतिस्पर्धा गर्न लागेको हो । बुद्धले दुइटा साना ९बिचक्राफ्ट० तथा नौवटा मझौला ९एटीआर० विमानबाट नेपालका १४ वटा आन्तरिक रुटसहित भारतको बनारससमेत १५ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘सबैभन्दा धेरै घुम्न रुचाउने जातिमध्येमा बंगाली पर्छन्,’ बुद्धका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कान्तिपुरसँग भने, ‘बंगाल क्षेत्रका भारतीयलाई नेपालका गन्तव्यमा जोड्ने उद्देश्य हो ।’ गत वर्ष २ करोड ४० लाख भारतीयहरु घुम्न मुलुकबाहिर निस्किने गरेको तथ्यांक उल्लेख गर्दै प्रबन्ध निर्देशक बस्नेतले तीमध्येबाट केही प्रतिशतलाई नेपालको पर्यटन बजारमा ल्याउन खोजेको बताए । ‘भारतीय पर्यटन बजारमा हिमाल भनेर स्वीजरल्यान्ड र इटाली चिनाइन्छ तर हामी भारतीय बजारमा नेपाल हिमालको गेट–वे हो भनेर चिनाउन खोज्दै छौं,’ उनले भने ।

पश्चिम बंगालको राजधानी अनि भारतको दोस्रो ठूलो महानगर कोलकताका स्थानीयहरु प्रायस् बैंकक, इन्डोनेसिया र मलेसिया भम्रण गर्न रुचाउँछन् । ‘भारतको बनारसमा नेपाल भनेर चिनायौं अबको यात्रा पश्चिम भारतको ठूलो महानगर आट्दै छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘यो रुटमा वर्षको १० करोड रुपैयाँ हाराहारी घाटा ब्यहोर्न तयार छौं ।’ उनले नेपालको प्रचारप्रसार गर्न पहिलो चरणमा डेढ करोड रुपैयाँसम्म ‘मार्केटिङ क्याम्पेन’ मा खर्च गर्ने तयारी रहेको बताए ।

पर्यटकीयसहित व्यापारिक ट्राफिक हब भएको यो रुटमा यसअघि नेपाल वायुसेवा निगमले पहिलोपटक बोइङ र दोस्रोपटक निजी क्षेत्रको कस्मीकले फोकर विमानबाट सेवा थालेको थियो । तर, जहाज अभावमा निगम र टिक्न नसकेर कस्मीकले यो रुटबाट हात झिकेका थिए ।

‘आन्तरिक रुटमा हामी परिपक्क भयौं, अन्तर्राष्ट्रिय उडानमा जानु हाम्रो धर्म हो,’ दैनिक ९७ हाराहारी उडान गर्ने बुद्धका यी सञ्चालकले भने, ‘हामी देशको अर्थतन्त्रलाई पर्यटनको दृष्टिकोणबाट पुनर्परिभाषित गर्न खोज्दै छौं ।’ कोलकाता उडान सुरु गरेपछि बुद्धको यो बनारसपछिको दोस्रो सहर हुने छ ।

बुद्धले कलकत्तामा सफल भएपछि जेट विमान थप्ने भनेको छ । ‘पहिलो एक वर्ष एटीआरबाट उडान गर्छौ,’ बस्नेतले भने, ‘यदि सफल भयौं भने डेढसय सिटसम्मको दुईटा जेट विमानबाट हाम्रो यात्रा भारतका अन्य सहरमा पनि हुने छ ।’ कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया