अब घरबाटै मुक्तिनाथ विकास बैंकमा खाता खोल्न सकिने


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । मुक्तिनाथ विकास बैंकले अब घरबाटै खाता खोल्न मिल्ने गरी अनलाइन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणलाई सेवा दिने हेतुले घरमै बसेर अनलाइनबाट खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको हो ।

बैंंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् ।

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया