साताको अन्तिम कारोबारमा झिनो सुधार


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ दशमलव ४८ अंकले बढेर १ हजार १ सय ८० दशमलव ८४ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ३९ अंकले बढेर २ सय ५० दशमलव ६५ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर खरिदबिक्री हुँदा ३६ करोड ६३ लाख २४ हजार १६४ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडकोे भएको छ । जसको आज ११ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा सानिमा इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव १० प्रतिशतले घटेको छ ।

यस दिन ११ वटा समूहहरुमा ७ वटा समूहहरु बढेका छन् भने बाँकी ४ वटा समूहरु घटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया