अपर तामाकोशीको आईपीओ नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा पुस २६ गते सूचिकृत भएको छ । जसको प्रति शेयर सय रुपैयाँ कायम भएको १० करोड ५९ लाख कित्ता साधारण शेयर धितोपत्र सूचिकरण विनियमावली २०७६ बमोजिम पुस २० गतेको निर्णयनुसार सूचिकरण भएको जनाएको छ ।

पुस २६ गते उक्त कम्पनी र नेपाल स्टक एक्सचेन्ज बीच शेयर सूचिकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट स्टक एक्सचेन्जमा शेयर कारोबार शुरु हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया