कालिका लघुवित्तको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (Kalika Laghubitta Bittiya Sanstha Ltd.) को ८ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस २९ गतेदेखि बन्द हुने भएको छ । उक्त लाभांशका लागि पुस २६ अर्थात आज सम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

कम्पनीको नवौं वार्षिक साधारण सभा माघ १९ गते बिहान ११ बजे होटल भेनस स्याङ्गजामा हुने भएको छ ।
साधारण सभामा संस्थाले उपयुक्त वित्तीय संस्थाहरू गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको २०७५ असार मसान्तसम्म कायम १० करोड चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ८० लाख रूपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ४ लाख २१ हजार ५३ रूपैयाँ नगद लाभांश पारित गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस शेयर पश्चात कायम हुने १० करोड ८० लाख रूपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने र सोही अनुसार जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई स्वीकृति प्रदान गर्ने तयारी गरेकाे छ ।

साधारण सभाले संस्थापक समुहको शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी चार जना सञ्चालकको निर्वचान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया