६ कम्पनीको साधारण सभा एकै दिन, कस्ले कति लाभांश पारित गर्ला ?


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । यसदिन नेपाल बंगलादेश बैंक, एनएमबि बैंक, स्वावलम्बन लघुवित्त वित्तीय, सोल्टी होटल, मिसन डेभलपमेन्ट र गण्डकी विकास बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज बिहिबार बिहान ९ बजे, राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा हुने निर्णय गरेको छ । जसका लागि कम्पनीले बुक क्लोज पुस १५ गते एक दिनका लागि बन्द गरिएको थियो । सभामा कम्पनीले १० दशमलव ५३ प्रतिशतका दरले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँको नगद लाभांश वितरण गर्ने भएको छ । लाभांशका लागि पुस १४ सम्म कायम शेयरधनीले मात्र पाउने छ ।

त्यस्तै एनएमबि बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे आर्मी अफिसर्स क्लब , भद्रकाली काठमाडौंमा हुने निर्णय भएको छ । सभाका लागि बुक क्लोज पुस १० गतेदेखि पुस २६ गतेसम्म बन्द रहनेछ । सभामा चुक्ता पुँजीको २० प्रतिशतले नगद लाभांश दिने प्रस्ताव रहेको छ । पुस ९ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछ । कम्पनीले १० प्रतिशतले बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज बिहान साढे १० बजे बिहिबार अम्रपाली ब्याङ्केट, काठमाडौंमा हुने निर्णय भएको छ । सभाका लागि बुक क्लोज पुस १० गतेदेखि पुस २६ गतेसम्म बन्द रहनेछ । वार्षिक साधारण सभामा ११ दशमलव ८४२१ प्रतिशतले हुन आउने ५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव रहेको छ । पुस ९ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछ ।

कम्पनीले २५ प्रतिशतले हुन आउने १२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ बोनस शेयर जारी गर्ने, हालको संस्थापक र सर्वसाधारणको पूजी अनुपात ७०ः३० प्रतिशतलाई परिवर्तन गरी ५१:४९ को अनुपातमा कायम गर्ने प्रस्ताव रहेको छ । हालको जारी तथा चुक्ता पुँजी ५० करोड ३१ लाख १० हजार ७ सय मा उपरोक्त बमोजिमको बोनस शेयर तथा थप सार्वजनिक निष्काशनबाट साधारण शेयर जारी गरी तथा चुक्ता पुँजी ७३ करोड ३७ लाख ३ हजार १२५ कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।

सोल्टी होटलको ४४ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने भएको छ । जसको लागि बुक क्लोज मंसिर २६ गतेदेखि पुस २६ गते सम्म बन्द रहनेछ । कम्पनीले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांश र शतप्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव रहेको छ । उक्त लाभांश मंसिर २५ गते सम्म कायम शेयरधनीले मात्र पाउनेछ ।

मिसन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा आज बहान ११ बजे, द दरबार लन प्रा.लिको सभाहल तिलोत्तमा ३ रुपन्देहीमा हुने भएको छ । जसका लागि बुक क्लोज पुस १२ गतेदेखि पुस २६ गतेसम्म बन्द गर्ने भएको छ । सभामा ११ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५७८ प्रतिशत नगद लाभांशका साथै संचालक समितिको निर्वाचन गर्ने भएको छ । उक्त लाभांश पुस ११ गतेसम्म्म कायम शेयरधनीहरुले मात्र पाउनेछ ।

गण्डकी विकास बैंकको ११ औं वार्षिक साधाराण सभा पुस २६ गते, बिहान ९ बजे, माउण्ड बैलाश रिर्सोट, पोखरा हुने भएको छ । सभामा १४ दशमलव २० प्रतिशत नगद लाभांश र बैंक तथा वित्तीय संस्थासँग मार्जरमा जाने प्रस्ताव रहेको छ । जसको लागि बुक क्लोज पुस ११ गतेदेखि २६ गतेसम्म बन्द गर्ने भएको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया