अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलवार भएको उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लि का तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद« खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया