मासिक एक लाख भित्रन थालेपछि पर्यटनमा नयाँ रेकर्ड, आक्रामक बजारीकरण र सकारात्मक प्रचारले १२ लाख पर्यटक


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । नेपालमा पहिलोपटक पर्यटक पौने १२ लाख पर्यटक भित्रिएका छन् । नेपालले गरेको सकारात्मक प्रचार र पर्यटनमा देखिएको उत्साहकै कारण पर्यटक आगमन सकारात्मक रुपले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डले जारी गरेको अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा सन् २०१८ को एक वर्षमा हवाई मार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ लाख हजार ७८५ जना गरी कुल ११ लाख ७३ हजार ०७२ जना पर्यटकहरु नेपाल आए । यो पर्यटक आगमन २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्घि हो ।

सन् २०१७ मा जम्मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल भित्रिएका थिए । यो पर्यटक दर सन् २०१७ को तुलनामा २०१८ मा २४.७७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय विगत चार महिनादेखि पर्यटक आगमन मासिक एक लाख जना नाघेका छन् । यसरी पर्यटकले नयाँ रेकर्ड बनाउनु भएको पर्यटन बोर्डको आक्रामक बजारीकरण र सकारात्मक प्रचारले नै १२ लाख हाराहारीमा पर्यटक आगमन पुगेको बोर्डले जानकारी दिएको छ ।

यो पर्यटक आगमनसँगै सन् २०१० मा सन् २०११ मा लक्षित गरेको १० लाख पर्यटककको लक्ष्य साता वर्षपछि पूरा भएको छ । सात वर्षपछि देखिएको यस्तो पर्यटकीय उत्साह भूकम्पपछि सबैभन्दा राम्रोसँग बढेको बृद्धिदरले पनि हो । सन् २०१५ मा जम्मा साढे पाँच लाख मात्रै पर्यटक नेपाल आएकामा अहिले ३ वर्षपछि नै यो संख्या दोब्बर भएको हो

सन् २०११ को पर्यटन बर्षमा सरकारले राखेको लक्ष्य पूरा नभएपछि आन्तरिक जागरण बढेको र पर्यटनप्रतिको सकारात्मक सन्देश प्रवाह भएको नेपाल पर्यटन बोर्डको भनाइ छ । सरकारी लक्ष्य एउटा थियो तर हामीले पर्यटनमा जागरण ल्याउनुपर्ने तथा सकारात्मक प्रवद्र्धनको निम्ति पनि यो अभियान अगाडि सारेका थियौं ।

अब भने बार्षिक १० लाख पर्यटक बहन गर्ने क्षमता भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्ने बोर्डको भनाइ छ ।सन् २०१५ मा भूकम्प र भारतीय नाकाबन्दीले पर्यटक आगमन सकारात्मक रूपमा बढ्न सकेन् । सन् २०१५ मा जम्मा ५ लाख ३८ हजार पर्यटक नेपाल आएकामा सन् २०१६ मा भने केही बढेर ७ लाख ५३ हजार पुगेको थियो । सन् २०१७ मा एकैपटक ९ लाख ४० हजार पर्यटक आगमन रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

मासिक एक लाख पर्यटक
सन् २०१८ मा पर्यटक आगमन सकारात्मक रूपले बढ्नुका साथै मासिक एक लाख जनाले पर्यटक आगमन हुन थालेका छ । सन् २०१८ को तथ्यांक अनुसार पर्यटक आगमन ११ लाख ७३ हजार पुग्नुमा यस अघिका चार महिना लागतार एक लाख पर्यटक आउनु नै भएको पाइन्छ ।

सन् २०१८ को जनावरीदेखि डिसेम्बरसम्मको भित्रिएको पर्यटक आगमन निकै साकारात्मक भएको बोर्डको तथ्यांकले देखाएको छ । सरकारले पूर्वाधार क्षमता बढाउँदै जाने र बार्षिक १० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सन् २०११ मा मनाएको नेपाल पर्यटन वर्षको लक्ष्य सात वर्षपछि पूरा भएको उल्लेख छ ।

सरकारले पर्यटक बढाउनकै लागि र पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकास गर्दै जाने उद्देश्यले यस्तो लक्ष्य राखेर पर्यटन वर्ष मनाउने गरेको छ । आगामी सन् २०२० मा पनि २० लाख पर्यटक पु¥याउने लक्ष्यका साथ सरकारले पर्यटन वर्ष घोषणा गरेको छ । अब यससलाई अहिलेको आगमनले सहजै भेट्न सक्ने बुझाइ पर्यटन व्यवसायीको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया