देवः विकास विकास बैकको एटिएम भाटभटेनीमा


आर्थिकन्यूज

काठमाडौं, पुस २४ । देवः विकास विकास बैकले आफ्नो एटिएम भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । नेप्सको संञ्जालमा आवद्घ उक्त इएमभि प्रविधिको मेशिनमा भिसा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरु प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै देवः विकास विकास बैक लि बाट जारी इएमभि भिसा कार्डहरु अन्य बैंकहरुको भिसा नेटवर्कमा आवद्घ एटिएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था समेत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया