सुचना प्रविधि मेलामा ‘क्यान इन्फोटेक २०१९’ माघ १५ देखि २० सम्म


आर्थिकन्यूज

काठमाडौं, पुष २४ । कम्प्युटर एसोसिएसन नेपाल महासंघको ‘क्यान इन्फोटेक २०१९’ आयोजना माघ १५ देखि २० सम्म सञ्चालन हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सुचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनिहरूको सहभागिता रहने बताएको छ ।

मेलालाई व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सकिने र अवोलोकनकर्ताले एकै थलोमा सुचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् ।

गएका वर्ष भन्दा यस पटकको इन्फोटेकमा शिक्षा , स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिने क्यान महासंघले जनाको छ । नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा, उपकरण, र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शमा राखिने भएको छ ।

क्यान महासंघले मेलाको संस्करणलाई विशेष बनाउन नयाँ नयाँ स्किमहरुसहित मेलामा तीन÷ तीन घण्टामा चिठ्ठीमार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गर्ने र एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गर्ने, मेलामा कुनै पनि पुराना इलोक्ट्रोनिक सामान लगेर आकर्षक गिफ्ट वा अर्को सामानमा छुटसमेत प्राप्त गर्न सकिने क्यान महासंघले जनाएको छ ।

नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ । सुचना प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउन प्राविधिक विषय अध्यनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाएमा क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाउने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने भएको छ ।

२५ औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुविसु केबलनेट र एसोसिएट प्रायोजक ई–सेवा फोन पे प्रालि. रहेको छ । सिल्भर स्पोन्सरमा एसचटिसी इन्टरनेसनल एस पावर बिपिई र लर्डबुद्ध फाउन्डेसन रहेका छन् । अफिसियलमा प्रभु बैंक, पेमेन्ट पार्टनरमा एफवान सफ्ट, अनलाइन टिकेटिङ पार्टनर ई सेवा जस्ता संस्था रहेका छन् ।

क्यान इन्फोटेकको अफिसियल इन्स्योरेन्स प्रभु इन्योरेन्स रहेको छ । प्रभु इन्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँबराबरको बिमा गर्ने छ भने कम्पनीले प्रत्येक स्टललाई बिमा पोलिसी प्रदान गर्नेछ ।

मेलामा १७५ वटा स्टल रहने छन् । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज, तथा टे«निङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहने छन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र सवद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १० गते विजनेस डेका दिन भने सबैले १०० रुपैयाँ नै तिर्नुपर्ने तोकिएको छ ।

आमजनमानस माझ सुचना तथा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । अनलाइन टिकट www.esewa.can.esewa.np लगइन गरी खरिद गर्न सकिने बताएका छन् ।

क्यान महासंघका अध्यक्ष विनोद चौरासियाले आफले दिने सामानको गुणस्तर नघटेको दाबी गरेका छन् । यो भन्दा पहिलाको मेलामा पनि ३ लाख भिजिटरको आस गरेका थियौ त्यसमा २ लाख ५० हजारले भिजिट गरेको र अहिले पनि ३ लाख भिजिटर आउने आस गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया