पौडेल निगमको एमडीमा नियुक्त


आर्थिकन्यूज

काठमाडौं, पुस २४ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो ।

निगमको कार्यकारी निर्देशकमा नियुक्त भएपछि पौडेलले सोमबार नै महाप्रबन्धक पदबाट राजीनामा दिएका छन् । छनोट समितिले कार्यकारी निर्देशकका लागि पौडेल सहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया