सार्क चेम्बर महिला उद्यमी परिषद्ले नेपालका उत्कृष्ट महिला उद्यमी छान्दै


आर्थिकन्यूज

काठमाडौं, पुष २३ । सार्क चेम्बर महिला उधमी परिषदले उत्कृष्ट महिला उद्यमी २०१८ छनोट गर्ने भएको छ । दक्षिण एसियाली क्षेत्रका महिला उद्मीहरुकाे विकास एबं प्रबर्धन गर्ने उद्देश्यका साथ मार्च २९, २००१ मा श्रीलंकामा भएको बैठकबाट सुरु गरिएको उक्त परिषदले नेपाली उद्यमी महिलाहरुलाई हौसला बढाउने उदद्धेष्यले उत्कृष्ट १० महिला उद्यमी छान्न लागेको हो ।

राष्ट्रिय संमृद्धिको साधनको रुपमा महिलाहरुलाई आर्थिक स्वायत्रताको शिक्षा प्रदान गर्न पहल नविन चरणहरु अवलम्बन गर्न जोड दिएको छ । बहुसंख्यक जनसंख्याको साझा संमृद्धिको लागि व्यापार व्यवसायमा आबद्ध गर्दै सांस्कृतिक विधाहरु समेत आदान प्रदान गर्न गर्दछ ।

नेपालका विभिन्न ठाउँबाट प्राप्त असंख्य निवेदकहरु मध्येबाट १० उत्कृष्ट महिला उद्यमीको नाम छनोट गरिएको छ । खासगरि धनगडी, पोखरा, चितवन, र काभ्रका निवेदकहरु रहेका छन् । पहिलो र दोस्रो चरणको छनौट कडा विवेचनाबाट गरिएको बताएको छ ।

यस कार्यक्रमको मुख्य लक्ष्य महिला उधमीहरुको क्षमता अभिबृद्धि गर्न विविध प्रकारका कार्यक्रमहरुको माध्यमबाट बहु लक्षित रणनीतिमा सहभागी गराउने, सार्क सदस्य राट्रहरुका महिला उधमीहरु बीच साझेदारी अभिवृद्धि गर्न संजालिकरण गर्न, उपलब्ध डाटाबेसको संगठनको बीच एक आपसमा उपयोग गर्ने गरि सम्भाब्य ब्यापारीकरणका उपायहरुको लागि नयाँ डाटाबेस सृजना गर्न जोड दिने, उद्यमसिलता वृद्धिको थप बिस्तारको लागि र रोजगार सृजनाको लागि अध्यन एबं ज्ञान हासिल गर्ने, सार्क राष्ट्रका महिला उद्यमीहरु बीच एक आपसमा सम्पर्क कायम गर्ने तर्फ आकर्षित गर्ने, जस्ता उद्देश्य रहेको छ ।

बिजेता उत्कृष्ट महिला उद्यमीले श्रीलंकाको कोलम्बोमा मार्च २, २०१९ मा आयोजना हुने सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ मा नेपालको प्रतिनिधित्व गर्नै छन् । उनका साथ नेपालको अद्दितियता र सुन्दरताको प्रदर्शन गर्न फेसन डिजाइनर तथा गाएक समेत रहेका छन् । नेपालको परिचय र नेपाली महिलाको उपलब्धि तथा योगदान समेत रहने गरि भव्य प्रस्तुति समेत कार्यक्रममा गरिने उल्लेख गरिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया