सन नेपाल लाइफ र मुक्तिनाथ विकास बैंक बीच बैंकासुरेन्स


आर्थिकन्यूज

काठमाडौं, पुस २३ । सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक लि.बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे आइपीयो शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया