सरकारले स्वदेशमै रोजगारी दिने भन्दा भन्दै पनि कि यति धेरै नेपाली विदेशीए


आर्थिकन्यूज
नेपाली घरेलु

काठमाडौं, पुष २१ । चालु आर्थिक वर्ष लागे संगै खाडीलगायत देशका विभिन्न मुलुकमा वैदेशिक रोजगारीको लागि जाने नेपालीको संख्या ८१ हजार ५ सय ४७ जना रहेका छन् ।

सरकारले विभिन्न स्वरोजगार कार्यक्रम ल्याएर युवावर्गलाइ विदेश पलायन हुनबाट रोक्ने भनिएता पनि दैनिक वैदेशिक रोजगारको लागि जानेको संख्या १२ सय रहेको रोजगार विभागले जनाएको छ । मंसिर महिनामा विदेश जाने पुरुष १५ हजार ९सय ४० जना र महिला १४ सय ३१ जना रहेका छन् । मंसिर महिनामा श्रम स्वकृत लिएर रोजगारको लागि कतार जानेको संख्या धेरै देखिन्छ । कतार जानेमा पुरुष ६ हजार ३ सय ५७ जना र महिला ४ सय ३ जना रहेका छन् ।

कार्तिक महिनामा वैदेशिक रोजगारको लागि जाने नेपालीको संख्या १२ हजार १ सय ४२ जना गएका छन् । यसमा पनि महिलाको भन्दा पुरुषकै संख्या बढेको देखिन्छ । पुरुष ११०११ र महिला १४३१ रहेका छन् ।

गरिबीको बाबजुत आफ्नो आबश्यकता पुरा गर्न श्रम स्वकृति लिएर भदौ महिनामा खाडिमुलुक तर्फ जाने नेपालीको संख्या १५ हजार ८ सय २९ रहेको छ । भने असोजमा १७ हजार ७ सय ७७ जना वैदेशिक रोजगारको लागि गएका छन । असोजमा पुरुष १६२६८ र महिला १५०९ रहेको छ ।

वैदेशिक रोजगारको लागि साउन महिनामा पुरुषको संख्या १७०३९ र महिलाको संख्या १५२० रहेका छ भने जम्मा १८५५९ व्यतmी विदेशिएका छन् ।

कार्यतालिकाको विवरण हेर्दा यो वर्ष वैदेशिक रोजगारको लागि जाने सबैभन्दा धेरै कतार रहेको छ । कतार जानेको संख्या पुरुषको ७१६४ र महिलाको संख्या २३३ रहेको छ । कतार जाने जम्मा ७३९७ रहेको पाइन्छ । भने सबैभन्दा कम इज्राय, पानामा र माल्दिभस जानेको संख्या कम रहेको पाइज्छ ।

साउन देखियता वैदेशिक रोजगार बिभाग बुद्धनगर बाट मात्रै बाहिर जाने नेपालीको संख्या ८१५४७ रहेको छ । त्यसमा महिला ६ हजार ६ सय ९५ र पुरुष ७४हजार ८ सय ५२ जना बैदेशिक रोजगारको लागि बाहिरीएका छन् ।

कार्तिक महिनामा भन्दा मंसिर महिनामा वैदेशिक रोजगारमा जानेको संख्या बढेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष लागेसंगै श्रम स्वकृत लिएर वैदेशिक रोजगारको लागि कतार जाने नेपालीको संख्या ३१ हजार ७ सय ७१ जना रहेको छ । अहिलेको तथ्याङ्कक हेर्दा वैदेशिक रोजगारको लागि नेपालीको रोजाइमा कतार परेको छ । बैदेशिक रोजगारीको लागि मलेसिया जान रोक लगाए पछि कतार नै नेपालीको रोजाइमा पर्न सफल भएको विभागले जनाएको छ ।

सुनौलो भविष्य बनाउने आशा बोकेर जति नेपाली बैदेशिक रोजगारको लागि गएका हुन्छन त्यती नै निरास भएर फर्किएका पनि हुन्छन । बैदेशिक रोजगारमा गएका व्यतmीहरुको ठगी गुनासो साउन देखि यता व्यतगत ३ सय २१ वटा आएको छ । र मंसिर महिनामा मात्र ४३ जनाको ठगी गुनासो आएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोला गुरागाइले बताए । त्यस मध्य ४२ वटा समाधान भएको र बाँकी रहेकोको प्रक्रिया चलिरहेको समेत जानकारी दिए ।

त्यस्तै संस्थागत ठगी गुनासोमा ४सय ३४ वटा आएकोमा २ सय १२ वटा समाधान भएको र अरु प्रक्रियामा रहेको अधिकारी हुमागाईले बताए । विदेशिएका युवायुवतीहरुले विषेश गुनासो गर्ने भनेका सम्झौता गरे अनुसारकोे काम र भनेको जस्तो तलब (पैसा) नभएकाले बढि गुनोसो गर्ने गरेको हुमागाई बताउँछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया