‘नेपालका हरेक खोला किनारलाई पर्यटकीय क्षेत्र बनाउन सकिन्छ’


आर्थिकन्यूज

राजधानीको नजिकै समुन्द्री किनारको झझल्को दिने गरी वरिपरी प्राकृतिक सौन्दर्यता घेरिएको भोटेकोशी नदीको काखमा खुलेको सुकुटे विच एड्भान्च्योर रिसर्टका सञ्चालक हुन् महेन्द्रसिंह थापा । देशमा द्वन्द्व शुरु हुँदै गर्दै धेरैले आफ्नो थाँत थलो छोडेर हिँड्दै गर्दा २०५२ साल उनले मसानघाटमा होटल खोल्दा धेरैले उनलाई ‘पागल भयो’ पनि भने ।

भोटेकोशीमा धेरै पानी बगिसक्यो, मसानघाटमा होटल खोलेर ‘पागल भयो’ भन्नेहरुका निम्ति महेन्द्रसिंह थापा रोल मोडलजस्तै भएका छन् । भोटेकोशीको बगरमा खोलिएको रिसोर्ट अहिले पर्यटकीयस्थलका रुपमा विकास भएको छ । राजधानीको कोलाहल, धुलो, व्यस्त जीवनशैलीबाट छुट्कारा खोज्नेहरुका लागि सुकुटे विच एड्भान्च्योर रिसर्ट आकर्षक गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्र्यतासँग रमाउँदै आफूलाई पुर्नताजकी बनाउन खोज्नेहरुलाई सुकुटे विच एड्भान्चर रिसाेर्ट उपयुक्त स्थान भएको छ ।

उक्त रिसोर्ट दैनिक सयौंको संख्यामा राजधानीलगायत देश विभिन्न भाग जाने आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई आन्नदको अनुभूत गराउन सफल भएको छ । आफ्नो रिसोर्टमा आउनेलाई पर्यटकलाई ग्राहकभन्दा पनि आफ्नै घरको सदस्यका रुपमा व्यवहार गर्ने गरेको सञ्चालक थापा बताउँछन् । वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ ? सुकुटे विच एड्भान्च्योर रिसर्ट कसरी खुल्यो भन्ने लगायतका विषयमा सुकुटे विच एएड्भान्चर रिसाेर्टका प्रबन्ध निर्देशक महेन्द्रसिंह थापासँग आर्थिकन्यूज डटकमले गरेको कुराकानीः (भिडियाे हेर्न यहाँ कि्लक गर्नुहाेस)

खोलाको बगरमा यस्तो होटल खोल्ने योजना कसरी बनाउनु भयो ?

२०५२ सालदेखि नै यो स्थानमा पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्छ भन्ने मैले अवधारणा बनाएको थिँए । धेरैले थापाले यो मसानघाटमा के गर्न लाग्यो । थापा बौलायो कि क्या हो पनि भन्थे । मान्छेले खिसिटियूरी गरे पनि मैले यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने अठोट भने छोडिन ।

यस स्थलमा हामीले पहिला र्याफ्टिङ शुरु गर्यौ, पर्यटकहरु आए अनि हामीले आन्तारिक पर्यटकलाई पनि ध्यान दिनुपर्छ भनेर आन्तरिक पर्यटकलाई प्राथामिकता दिँदै त्यसअनुसार काम गर्यौ । अहिलेसम्म लगानी आफैं गरिरहेका छौं । कतैबाट ऋण लिएका छैनौं । धेरैले मसानघाट भनेको ठाउँ स्वर्गजस्तै भएको छ ।

यस स्थलमा हामीले पहिला र्याफ्टिङ शुरु गर्यौ, पर्यटकहरु आए अनि हामीले आन्तारिक पर्यटकलाई पनि ध्यान दिनुपर्छ भनेर आन्तरिक पर्यटकलाई प्राथामिकता दिँदै त्यसअनुसार काम गर्यौ । अहिलेसम्म लगानी आफैं गरिरहेका छौं । कतैबाट ऋण लिएका छैनौं । धेरैले मसानघाट भनेको ठाउँ स्वर्गजस्तै भएको छ । यहाँ आएर मानिसहरु रमाउँछन्, नाच्छन्, गाउँछन्, सेल्फी खिच्छन् मन फुरुङ्ग बनाएर फर्किन्छन् ।

सुकुटेमा जस्तै अन्य पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । सरकारले पूर्वाधार मात्र बनाइदियो भने नेपालमा धेरै गर्न सकिन्छ । मानिसले नयाँ कुरा खोजी गरिरहेको हुन्छ केही फरकपन दिन बित्तिकै राम्रो हुन्छ ।

यस रिसोर्टको क्षेत्रफल कति छ, यहाँमा जनशक्ति कति छन्, लगानी कति गर्नुभएको छ ?

जग्गा करिब ८ रोपनी छ, हामीले लगानीको हिसाब किताब नै गरेका छैनौं । कमाउँदै लगानी गर्दै जाने गरेका छौं । जहाँ जे आवश्यक पर्याे त्यहीँ बनाउँदै जान्छौं । हाल हामी कहाँ ५२ जना कर्मचारी छन् । दैनिक ५ सय जनासम्मलाई हामीले सेवा प्रवाह गर्न सक्छौं ।

मेरो आफ्नै शैली छ, पहिला अतिथि मेरा भगवान हुन् । दोस्रो कुरा यो रेष्टुरेन्टमा प्रवेश गरिसकेपछि केटा भए मेरो भाइ या छोरा र केटी भए मेरो छोरी बहिनी हुन् । तेस्रो कुरा खानेकुरादेखि लिएर सबै कुरामा हामी आफैं हेर्छाै । जस्ले गर्दा हाम्रो सेवा प्रवाह कमजोरी हुने छैन । हामीका नेपाली पर्यटकको राम्रो उपस्थिति हुन्छ । जसले गर्दा हामीलाई पनि काम गर्ने जोस जाँगर आएको छ, हामीलाई हौसला बढेको छ ।

यसको प्रचार प्रसार निकै भएको छ, राष्ट्रियस्तरका नेताहरुलाई पनि ल्याउन सफल हुनु भयो, यसले त तपाईंको प्रचार प्रसारमा खर्च नै गर्न परेन होला नि ?

सुकुटे विचमा राष्ट्रिय राजनीतिमा नै महत्वपूर्ण भूमिकामा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउनु भएको छ । उहाँ त हाम्रो रिसोर्टको ब्रान्ड एम्बेस्डर नै हुनुभयो । अब माधवकुमार नेपाललगायतका अरु नेताहरु पनि आउँदै हुनुहुन्छ । प्रचण्डले गर्दा धेरै यो रिसोर्टको चर्चामा धेरै भयो । यसका लागि प्रचण्ड ज्यूलाई धेरै धेरै धन्यवाद ।

अब सुकुटे बिच रिसोर्टलाई कहाँसम्म पुर्याउने सोचमा हुनुहुन्छ ?

यस स्थानलाई मैले एउटा पर्यटकीय गन्तव्य बनाउने सोच बनाएको थिएँ । त्यो चाहिँ बन्योजस्तो मलाई लाग्छ । मेरो सोच अनुसार नै प्रोजेक्ट पनि राम्रै हँुदै छ । अब मेरो उमेर पनि ६० वर्ष भइसक्यो, अब फुर्सद लिनेकी, कति दुःख गर्ने भन्ने सोच बनाएको छु ।

मेरो विचारमा नेपालमा यस्तो ठाउँ ५० हजारभन्दा बढी छन् । दिक्तेलमा महिनाको ८० लाख रुपैयाँको बियर बिक्री हुन्छ रे, दिक्तेलको छेउमा खोला छ । त्यहाँ पनि बनाउन सकिन्छ । हजारौं खोलानाला भएको देशमा जहाँ सुकै पनि यस्तो बनाउन सकिन्छ । डोल्पाकै छेउमा पनि यस्तै बनायो भने मान्छे आउँछन् ।

सुकुटे बिचमा आउन चाहने नयाँ पाहुनालाई के भन्न चाहनुहुन्छ ?

नेपालको १ लाख ८१ हजारभन्दा बढी क्षेत्रफल नै पर्यटन विकासका लागि उत्तम ठाउँ हाे । बाह्रै महिना पर्यटक सिजन बनाउन सकिन्छ । मत भन्छु देशका हरेक क्षेत्रलाई सुकुटे विचजस्तै विकास गरौं ।

यो राजधानीदेखि नजिक भएको सस्तो र उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको छ । यसलाई आफ्नो रमाइलो गन्तव्य बनाउनु होस् । उहाँहरुको खुशीमा हाम्रो साथ हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया