बोलेरो दुर्घटना हुँदा ३ घाइते १ को अवस्था गम्भीर


आर्थिकन्यूज

काठमाडौं, पुस १७ । तेह्रथुमको फेदाप गाउँ पालिका र आठराई गाउँ पालिकाको संगम स्थलमा यात्रु पु¥यार्इ सम्दु तर्फ फर्किदै गरेको को १ ज २४९२ नम्बरको बोलेरो आठराई म्यङलुङ र्याप सडक खण्डमा पर्ने सगपुमा करिब ७० मिटर तल खसेको छ ।

दुर्घटनामा परि ३ जना घाइते भएका छ्न । घाइते हुने सबै फेदाप ४ सम्दुका स्थानीय बासी रहेका छन घाइते हुने बर्ष २५ का एकराज लिम्बू, बर्ष ३९ का सनकुमार लिम्बु र बर्ष २८ का प्रसान राई घाइते भएका छ्न ।

घाइते बर्ष २८का प्रसान राईको अबस्था गम्भीर रहेकोे र घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको सम्दु प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक पदम श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया