क्वालिटी सुट हाउस चावहिलमा खुल्यो


आर्थिकन्यूज

काठमाडौं, पुस १७ । काठमाडौंको चावहिलमा क्वालिटी सुट हाउस सञ्चालनमा आएको छ । सर्टिङ सुटिङ सम्बन्धी सम्पूर्ण सेवा दिने गरी सुट हाउस सञ्चालनमा ल्याइएको हो ।

चावहिलस्थित कृषि विकास बैंकको शाखा नजिकै रहेको सुट हाउस सोमबार पूर्वमन्त्रीद्वय आनन्दप्रसाद पोखरेल तथा जितु गौतम र सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे । सुट हाउसमा महिला तथा पुरुषका लागि सर्टिङ सुटिङको सम्पूर्ण सेवा दिने प्रोपाइटर किशोर नेपालीले बताए ।

सुट हाउसमा इटालियन, पिटर इङ्ल्यान्ड, बिमल, मोन्टेकार्लो, मयुर, सियाराम, रेमन्डलगायत विभिन्न कपडा उपलब्ध छन् ।

सुट हाउसले विदेशी तथा स्वदेशी ब्रान्डका कपडाको रेडिमेट तथा अर्डरअनुसार पोशाकहरु उपलब्ध गराउने छ । ‘सुट हाउसले ब्रान्डेड कपडाका आकर्षक पोशाक ग्यारेन्टीका साथ उपलब्ध गराइने छ,’ किशोर नेपालीले भने–‘यहाँ सिलाएको तथा यहाँबाट लगेको रेडिमेड सुटमा भुवा आएमा, कलर गएमा वा कुनै कैफियत देखिएमा फिर्ता गरिदिन्छौं ।’ ग्राहकले चाहेमा ८ घण्टामै सुट तयार गरेर दिन सकिने प्रोपाइटर नेपालीले बताए ।

यसअघि दोलखाको चरिकोटमा ईश्वर टेलर्स सञ्चालन गर्दै आएका नेपालीले ७५ लाख रुपैयाँ लगानी गरेर सुट हाउस सञ्चालनमा ल्याएका हुन् । सुट हाउसमा ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्यका सुट उपलब्ध रहेका छन् । हालस सञ्चालनमा आएको अवसरमा सबैखाले सर्टिङ सुटिङ सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया