मल्टि ट्रष्ट बचत तथा ऋण सहकारी आठौं वर्षमा


आर्थिकन्यूज

काठमाडौं, पुस ७ । मल्टि ट्रष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको आठौंमा प्रवेश गरेको छ । सस्थाले शनिबार राजधानीमा आफ्नो आठौं वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ । सस्थाले ८ करोड ४९ लाख ९८ हजार ६२७ रुपैयाँ निक्षेप संकलन गरेको छ भने शेयर सदस्यहरुबाट गतवर्ष ८१ लाख ५ हजार ५३० रुपैयाँ संकलन गरिएको सस्थाले जनाएको छ ।

सस्थाले शेयरधनीहरुको विश्वासलाई सधै आत्मसाथ गर्दै सस्थालाई प्रगतितर्फ लैजाने सस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । सस्थाले आफ्ना शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखि पुँजीकोषको १० प्रतिशतसम्म एउटै सदस्यलाई ऋण लगानीसम्म गरेको उनले बताए । त्यस्तैगरि, सस्थालाई बलियो बनाउन नाफाको २५ प्रतिशत रकम जगेडा कोषमा दालिखा गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया