शेयर लगानीकर्ता सोमबारदेखि आमरण अनसनमा बस्ने, कारोबार बन्द गर्न आग्रह


आर्थिकन्यूज

काठमाडौं, पुस १ । शेयर बजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ता सोमबारदेखि आमरण अनसन बस्ने भएका छन् । आफूले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै शेयर लगानीकर्ता पूर्वघोषित कार्यक्रमअनुसार आमरण अनसन बस्ने भएका हुन् ।

मागका सम्बन्ध गर्न अर्थ मन्त्रालय र सम्बद्ध निकाय गैरजिम्मेवार भएको भन्दै मंसिर २३ गतेदेखि नेप्से कार्यालय अगाडि रिले अनशनमा बसेको शेयर लगानीकर्ता दबाब समूह सोमबारदेखि आमरण अनसनमा बस्ने जनाएको हो । साथै समूहले सोमबारदेखि शेयर कारोबार बन्द गरेर आफूहरुको कार्यक्रम सहभागी हुन आग्रहसमेत गरेको छ । समूहले नेप्से, ब्रोकर एसोसिएन तथा लगानीकर्तालाई कारोबार बन्द गर्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया