‘कर्मचारी समायोजन प्रक्रिया ऐन जारी गरेर मात्र’


आर्थिकन्यूज

काठमाडौं, पुस १ ।  निजामती कर्मचारी समायोजन गर्दा पूर्वसङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी समायोजन गर्दा तीनै तहमा श्रेणीगत वा तहगत एउटै प्रणाली अवलम्वन गरिनुपर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरिँदा एक तह बढुवाको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

सङ्गठनले कार्यालय सहयोगीदेखि विशिष्ट श्रेष्णीसम्मका कर्मचारीको समायोजन एकै मापदण्डका साथ सम्पन्न गनुपर्ने र समायोजन अध्यादेशमा राजपत्राङ्कीत अनङ्कीत प्रथम श्रेणी (प्रशासन/प्राविधिक) लाई मात्र शैक्षिक योग्यताको मापदण्ड राखिदा विभेद् सिर्जना भएको भन्दै सो व्यवस्था खारेज गर्नुपर्नेमा समेत जोड दिएको छ ।

सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले प्रदेश र स्थानीय तहमा सरकारी सेवाबाट समायोजन भएका कर्मचारीलाई सङ्घीय निजामती सेवामा सङ्घीय निजामती कर्मचारी सरह बढुवा र वृत्ति विकासका अवसर प्रदान गरिनुपर्ने बताउनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया