‘सि.के. राउतले विखण्डनकारी गतिविधि छोड्नुपर्छ’


आर्थिकन्यूज

तपाईले सि.के. राउत विखण्डनकारी होइनन् भन्नुभएको रहेछ, खास के भन्न खोज्नु भएको हो ?

सि.के. राउतले विखण्डनकारी गतिविधि छोड्नुपर्छ र लोकतान्त्रिक राजनीतिको मूल धारमा आउनुपर्छ भनेर मैले आफ्नो विचार राख्दै आएको छु र सि.के. राउतको बारेमा मेरो दृष्टिकोण त्यहि हो ‘केहि संचार माध्यममा सि.के. राउत विखण्डनकारी होइनन्’ भन्ने शिर्षकमा मेरो भनाइ भनेर जसरी छापिएको छ, उक्त शिर्षक भ्रामक र अतिरन्जित छ ।

मैले भनेको कुरा सि.के. राउतले विखण्डनकारी गतिविधि छोडेर लोकतान्त्रिक राजनीतिबाट समाधान खोज्नुपर्छ । राष्ट्र टुक्राएर वा विखण्डनबाट समाधान हुदैन भनेको हुँ ।

सि.के. राउतले चलाइरहेको गतिविधिलाई यहाँले कसरी लिनु हुन्छ ?
सिके राउतले उठाएका विभेदका विषयहरु जायज छन् तर राष्ट्र टुक्राएर वा अलग मधेस राज्य बनाएर विभेदका समस्याहरु समाधान हुन सक्दैनन् । त्यसैले विभेदको समस्या समाधान गर्न सि।के। राउतले विखण्डनकारी गतिविधि छोड्नु पर्छ र सो कुराको विश्वास नेपाली नागरिकहरुलाई दिलाउन सकेको खण्डमा लोकतान्त्रिक राजनीतिको मूलधारमा सि.के. राउत आउन सक्छन र आउनुपर्छ ।

तपाईले सि.के. राउतको तर्फबाट अदालतमा पछिल्लो पटक बहस गर्नुपर्नाको कारण के हो ?

मैले अदालतमा बहस गर्दा पनि सिके राउतले विखण्डनकारी गतिविधि छोड्नुपर्छ र लोकतान्त्रिक मुलधारमा आउनु पर्छ भनेर बहस गरे र सि.के. राउतलाई विखण्डनकारी गतिविधि छोडाएर लोकतान्त्रिक मूलधारमा ल्याउन कोसिस गर्नु प्रत्येक नेपाली नागरिकको दायित्व हो । मैले सोहि दायित्व पूरा गरेको हुँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया