टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुँदै, कस्ले जित्ला २५ लाख नगद र कार ?


आर्थिकन्यूज

काठमाडौं, मंसिर २८ । नेपालको चर्चित रियालिटी शो टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज शुक्रबार राती कतारको दोहामा हुँदैछ ।

कार्यक्रममा टीभीएस अपाचे दि भ्वाइस अफ नेपालका फाइलिस्टहरू सीडी विजय, कुशल, सप्तक र श्रृजयले आफ्नो कला प्रस्तुत गर्नेछन् । जसको माध्यमबाट उनीहमध्ये एक जना टीभीएस अपाचे दि भ्वाइस अफ नेपालको विजेता हुनेछन् ।

चारै जना फाइनलिस्टमध्ये दर्शकहरुको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन् । त्यस्तै २० लाख रुपैयाँबराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न अवसर पाउने छन् ।

टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल ग्रान्ड फिनालेमा फाइनलिस्टका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरू हुने ग्रान्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाइलो टिभीबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया