सक्षम नेतृत्वलाई अगाडि बढाउन बरालको आग्रह, ८० प्रतिशत हिस्सा ओगट्ने प्रदेश ३ को चुनौतिपूर्ण नेतृत्व लिन तयार


आर्थिकन्यूज

काठमाडौं, मंसिर २५ । आगामी मंसिर २८ गते शुक्रबार हुने नेपाल नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औँ केन्द्रीय कार्यकारी परिषदको चुनावमा सक्षम नेतृत्वलाई अगाडि बढाउन प्रदेश नम्बर ३ का उमेदवार ई. सुवासचन्द्र बरालले आग्रह गरेका छन् ।

इन्जिनियर्स एशोसिएसनको पहिलोपटक प्रादेशिक स्तरको चुनाव हुन लागेको छ । सो चुनावमा बराल आफ्नो क्षेत्रबाट इन्जिनियरिङ पेशालाई मर्यादित बनाउन, समाजप्रति उत्तरदायी र इन्जिनियरहरूको हक हित संरक्षणको निम्ति निरन्तर कटिबद्ध छन् ।

उनले आफूले प्रदेश नम्बर ३ को नेतृत्व गर्न सक्षम रहेको पनि बताएका छन् । उनका अनुसार यस अघि गरेको कामको मूल्यांकन गर्ने हो भने पनि विश्वसनिय र सक्षम नेतृत्वका लागि उपयुक्त पात्र बरालाई नै छनोट गर्न सक्ने गरी काम भएको छ ।

ई. सुवासचन्द्र बराल
नेपाल ईन्जिनियर एशोसिएसन, प्रदेश नं ३ का सभापतिका उमेदवार

नेपाल विकासको शुरुवाती अवस्थामै रहेको र नेपाली समाजको तीव्र आकांक्षालाई सम्बोधन गर्न आधारभूत रूपमा इन्जिनियरहरूको सशक्तिकरण, आवश्यक छ । यसका साथै इन्जिनियरिङ पेशालाई जिम्मेवार, मर्यादित र थप व्यवसायिक बनाउन आफ्नो समूह प्रतिवद्ध रहेको दाबी बरालको छ ।

केन्द्रमा ई. प्रा. हिरेन्द्रमान प्रधानले नेतृत्व गर्नुभएको लोकतान्त्रिक समूहको प्रदेश नम्बर ३ बाट सभापति पदमा बरालले उम्मेदवारी दिएका छन् । विगतको आफ्नो सक्रियता, भूकम्पपछिको खटाई र नेतृत्व लिन सक्ने यस अघिकै क्षमतालाई मूल्यांकन गरेर यो पटक प्रदेश नम्बर ३ बाट सम्पूर्ण इन्जिनियरहरूको नेतृत्व लिने अवसर प्रदान गर्न उनी आग्रह पनि गर्छन् ।

इन्जिनियर्स एशोसिएसनको विभिन्न फोरममा विगत १८ वर्ष भन्दा लामो समयदेखि सक्रिय रहेको बराल २०७२ को विनाशकारी भूकम्पमा एशोसिएसनको तर्फबाट ३५ सयभन्दा बढी इन्जिनियरलाई परिचालन गर्ने जिम्मेवारी पाएका व्यक्ति पनि हुन । सर्वसाधारण नेपालीमा इन्जिनियरको छवि उकास्ने जस्तो गम्भीर जिम्मेवारी निर्वाह गर्ने मौका पाएका बरालले आपूm र आफ्नो टिमलाई अब्बल बनाउने काम गरिसकेका छन् ।

नेपाली इन्जिनियरहरू उद्यमशीलपनि बन्नु पर्दछ भन्ने उदाहरण दिन उनले आफ्नो व्यवसायिक तहमा जलाविद्युत् क्षेत्रको बिकाशमा निरन्तर सक्रियता पनि देखाइरहेका छन् । उनले देश विकासको आधारभूत आवश्यकता मानिएका थुप्रै जलविद्युत् योजनाहरूमा परामर्श सेवासमेत दिइसकेका छन ।

समाजका लागि दिने योगदान तथा विभिन्न क्रियाकपाप र जिम्मेवारीबाट सिकेको नेतृत्वदायी भूमिका, व्यवस्थापकीय कौशल, व्यवसायिक दक्षता र परिपक्कतालाई नै बरालले आगामी दिनको एशोसिएसनको पदीय जिम्मेवारी बहन गर्ने उपयोगी सधानका रूपमा लिएका छन् ।

पहिलोपटक संघीय संरचनामा गएको इन्जिनियर्स एशोसिएसनको प्रादेशिक संरचनालाई उचित व्यवस्थापन गर्ने र केन्द्रसँगग सबल समन्वय गर्ने प्रतिवद्धतासहिते आफूले उमेदवारी दिएको पनि बरालको भनाइ छ । बरालले आगामी चुनावमा आफ्नो समूहलाई मतदान गरी एशोसिएसनलाई संगठित र सबल संस्थामार्फत इन्जिनियरिङ पेशालाई थप गतिशील बनाउन आग्रह पनि गरेका छ ।

पूर्वधार विकासको आवश्यकता र माग बढि रहेको नेपाल जस्तो मूलुकमा समृद्धिमा इन्जिनियरको भूमिका निकै महत्वपूर्ण र सह्राहनिय हुन्छ । इन्जिनियर बिनाको समृद्धि समृद्धि परिकल्पनापनि गर्न सकिदैन । त्यसैले नेपालमा इन्जिनियरको भविष्यलाई थप गति दिन, दिर्घकालिन हिन र संगठनात्मक संरचनालाई बलियो बनाउन आवश्यक भएको बुझाई बरालको छ ।

भर्खरै मात्र प्रादेशीक संरचनामा जान लागेको नेपाल इन्जिनियर्स एशोसिएसनको प्रदेश समितिको नेतृत्वका लागि चुनावी मैदामा रहेका बरालले, एउटा सिँगै संस्थाको नेतृत्व गर्दैगर्दा त्यस मार्फत ईन्जिनियरीङ्ग पेशामा व्यप्त समस्या समाधानमा आफू सम्पूर्ण रूपमा लागि पर्ने बताउँछन् ।

विगतका सबै जिम्मेवारी, सफल र चुस्त तबरबाट सम्पन्ने गरेको उदाहरणलाई हेरेर पनि अहिले आफूलाई अगाडि सारिएको उनको बुझाई छ । उनले भने ‘जति सक्दो धेरै ईन्जिनयरहरु माझ आफूँ, आफ्नो क्षमतार र आफ्नो बिगतका बारे चिनाउने प्रयासमा छु ।’

उनले भने ‘एक स्वयमसेवी संस्थाका आफ्नै सीमाहरु हुन्छन, कुनै कार्यकारी पदको निर्वाचनमा झै, ठूला र महत्वकांक्षी नाराहरूको पक्षमा म छैन ।’ तसर्थ बराल आफूले चुनौतीपूर्ण जिम्वेवारीहरुमा सफलता प्राप्त गरेका विगतको अनुभवबाट पनि, ईन्जिनियर्स एशोसिएसनको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने प्रदेश नं ३ को नेतृत्व लिने चुनौति स्वीकार गरेको बताउछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया