सिभिल बैंकको कर्पोरेट कार्यालय सार्न राष्ट्र बैंकको चार वटा सर्त


आर्थिकन्यूज

काठमाडौं, मंसिर २४ । सिभिल होमले निर्माण गरेको सिटिसी मलमा सिभिल बैंकको कर्पोरेट अफिल संचालनको लागि साजसज्जा सकिएर बुधबारदेखि कार्यालय सञ्चालनको तयारी गरेको छ । सिभिल बैंकले आफ्नै समूह तथा एउटै मालिकले निर्माण गरेको मलमा कर्पोरेट कार्यालय राख्न कानुनी प्रक्रिया नमिलेका कारण राष्ट्र बैंकले कार्यालय सार्न अनुमति दिएको थिएन ।

एउटै व्याक्ति बैंक सञ्चालक र मल सञ्चालक भएका कारणले महलमा बैंकको कर्पोरेट कार्यालय सञ्चालनका लागि चारवटा सर्त राखेर मात्र अनुमति दिएको नेपाल राष्ट्र बैंकको डिप्यूटि गभर्नर शिवराज श्रेष्ठले आर्थिक न्युजलाई जानकारी दिए ।

उनले भने, ‘लामो समयदेखि छलफलमा रहेको सिभिल बैंकको कर्पोरेट कार्यालय स्थानान्तरणको विषयमा टुंगोमा पुग्न सकिएको थिएन तर बैंकले भवन सम्पन्नको प्रमाण पत्र पेश गरेकोले कार्यालय सञ्चालनका लागि अनुमति दिएको हो । साथमा अन्य चारवटा सर्त समेत राखेका छौं।’

सिभिल बैंकको कार्यालय रहने सिटीसी महलको क्षेत्र भित्र पर्ने सटरका हकवालाको बैंकले भाडा उपलब्ध गराउँदा उनीहरुको बैंक खातामा नै रकम जम्मा गरिदिने लगायतका सर्त राखिएको डिप्यूटि गभर्नर श्रेष्ठले बताए ।

सिटिसी मलका सञ्चालकको महलमा सिभिल बैंकको कर्पोरट कार्यालय, कानुनले के भन्छ, के गर्दैछ राष्ट्र बैंक ?

फेसबुकबाट तपाईको प्रतिक्रिया