ज्योति विकासको शाखा घान्द्रुकमा


आर्थिकन्यूज

काठमाडौं, मंसिर २४ । ज्योति विकास बैंक लि. ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच मंसिर सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि रहेको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया