नाडेपको शत प्रतिशत हकप्रद आइतबारदेखि खुल्ने


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP Laghubitta Bittiya Sanstha Ltd.)ले मंसिर २३ गते आइतबार देखि शत प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ । कम्पनीले १ बराबर १ अनुपातमा १६ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको हकप्रद शेयर मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले यही पुँजीबाट १०० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

यता, गत वर्षको कमाईबाट ३० प्रतिशत बोनस शेयर दिने घोषणा पनि गरेको छ । हकप्रद र बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया