‘बैंकहरुको आक्रामक लगानी ठिक होइन’, ब्याजदर वृद्धिको कारण शेयर बजारमा परेको असरका बारेमा अध्ययन समिति


आर्थिकन्यूज

काठमाडौं, मंसिर २० । अर्थमन्त्री डा युवराज खतिवडाले ब्याजदरका कारण वित्तीय क्षेत्रमा विचलन आउन नहुने बताएका छन् । नेपाल बैकर्स संघको ३२ औ साधारणसभामा बोल्दै अर्थ मन्त्री डा. खतिवडाले बैकर्स एसोसिएशनले गरेको भद्र सहमतिलाई कार्टेलिङ भनेपनि वित्तीय क्षेत्रमा विचलन आउन नहुँने बताए ।

‘बैंकहरूको आक्रामक कर्जा विस्तारमा असन्तुष्टी जनाएका अर्थमन्त्रीले बैंकहरूले प्राकृतिक रुपमा वृद्धि हासिल गर्नुपर्ने बताए । ब्याजदर बढाउने प्रतिस्पर्धाले निक्षेप बढ्दैन’, उनले भने यही भएको पैसामा प्रतिस्पर्धा मात्र बढ्न हो ।’ ‘हामीले खुल्ला बजार नीति अबलम्वन गरेका छौं भन्दैमा वित्तीय क्षेत्रमा विचलन ल्याउन दिन हुँदैन,’डा. खतिवडाले थपे ।

अहिले वित्तीय क्षेत्रमा तरलता गिलासको पानी जस्तो भएको भन्दै थोरै बढ्दा अत्याधिक हुने र थोरै कम हँुँदा अभाव हुने स्थितिको सिर्जना भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा गरेर गलत गरेको बताएका छन् ।

‘ब्याजदर बढेको कारण नेप्से परिसूचक घटेर भन्दै यसको अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको उनले बताए । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले शेयर बजार र ब्याजदर अस्थिरताको बारेमा अध्ययन गर्ने छ समितिले उक्त अध्ययनका लागि एक हप्ताको समय दिइएको अर्थमन्त्री डा.खतिवडाले बताए ।

साधारणसभामा बोल्दै राष्ट्र बैंकका गभर्नर डा. नेपालले बैंकहरूले ब्याजदर बढाएको आक्रोश पोखेका छन् । ‘ब्याजदर बढाएर तपाईहरूले गल्ती गर्नुभएको छ’, उनले भने ‘यस विषयमा एक पटक सोच्नुुुस्, नियमनकारी निकाय राष्ट्र बैंकपनि छ ।’
स्थानीय तहमा गएको रकम निक्षेपमा देखाउन पाउने व्यवस्था भएकै भोलिपल्ट ब्याजदर बढाउने प्रतिस्पर्धा गर्नु राम्रो नभएको बताए । बैकर्स संघको मंगलबार बसेको बैठकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सीमा हटाएको थियो । त्यस यता बैंकहरू ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका छन् ।

तर सोही दिन बैंकर्स संघले ब्याजदरमा यस अघि कायम गरिएको सिमा सम्बन्धी भद्र सहमति हटाएसँगै बैंकहरुले १३ प्रतिशत ब्याजदरसम्म दिन थालिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया