धितोपत्र बजारमा सेक्युरिटिज डिलरलाई प्रवेश गराउने बारेमा नेप्सेसँग बोर्डले जानकारी माग्यो


आर्थिकन्यूज

काठमाडौं, मंसिर २० । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा बजार निर्माता.डिलरलाई प्रवेश गराउन भइरहेको तयारीकोे सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग जानकारी माग गरेको छ । धितोपत्रमा अनलाइन कारोबार शुरु भएको एक महिना पुगेको सन्दर्भमा बोर्डले त्यस विषयमा जानकारी मागेको हो ।

धितोपत्रको खरिद तथा बिक्री दुवै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोबार गर्न तथा धितोपत्रको अन्डरराइटिङ समेत गर्ने गर्दछ ।

धितोपत्र बजारमा बजार निर्माता /डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पुँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ ।

बोर्डको चालू आवको नीति तथा कार्यक्रममा पुँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता/डिलरलाई  पुँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया