विद्युत् चोरीको छड्के जाँच गर्न गएको प्राधिकरणको टोलीमाथि कुटपिट


आर्थिकन्यूज

सिराह, मंसिर २० । विद्युत् चोरी नियन्त्रण गर्न छडके जाँच गर्न सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरणका कर्मचारीमाथि स्थानीयबासीले कुटपिट गरेका छन् ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी विद्युत् चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट भएको हो ।

कुटपिटबाट सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादव घाइते भएका छन् । प्राधिकरणका अनुसार स्थानीय पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको भन्दै कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया