नेप्सेमा २ अंकको वृद्धि, कारोबार ३७ करोडमाथि


आर्थिकन्यूज

काठमाडौं, मंसिर १९ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव ९० अंकले बढेर १ हजार १ सय २१ दशमलव ०३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ६१ अंकले बढेर २ सय ३८ दशमलव ४० अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड ९ लाख ७१ हजार ९३६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । जसको आज ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ३० प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ४२ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा समूहमा २ वटा समूहहरु घटेको छ भने ८ वटा कम्पनीहरु बढेका छन् । सबैभन्दा बढी बढ्ने समूह निर्जीवन बीमा कम्पनी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया