कस्तो छ नेपालका म्युचुअल फन्डहरूको स्थिति ?


शान्ति श्रेष्ठ

काठमाडौं, मंसिर २० । म्युचुअल फन्डले कोष निर्माणका लागि सर्वसाधारणलाई प्रतिशेयर १० रुपैयाँ अंकितदरमा प्राथमिक शेयर निष्काशन गरेर कोष निर्माण गर्ने गर्दछन् । म्युचुअल फन्डले उत्कृष्ट प्रतिफल प्राप्तिका लागि सो कोषलाई निश्चित अवधिका निम्ति बजारमा लगानी गर्दछ । यस्ता कोषको व्यवस्थापन र सञ्चालनको जिम्मा जारी गर्ने कम्पनीको हुन्छ ।

अहिलेसम्म नेपालमा १३ वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । नेपालमा अहिले सिटिजन्स म्युचुअल फन्ड– १, ग्लोबल आइएमई समुन्त स्किम–१, लक्ष्मी इक्विटी फन्ड–१, लक्ष्मी भ्यालु फन्ड– १, नबिल इक्विटी फन्ड, एनआईबीएल समृद्धि फन्ड– १, एनआईबीएल प्रगति फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड, एनएमबि हाथवे फन्ड–१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१, सानिमा इक्विटी फन्ड, सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् ।

म्युचअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भ्यालु सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१को रहेको छ । जसको खुद सम्पत्ति मूल्य १२ दशमलव ५ प्रतिइकाई रहको छ भने सबैभन्दा कम एनआईबीएल प्रगति फन्डको ७ दशमलव ४ प्रति इकाई रहेको छ ।

सिटिजन्स म्युचुअल फन्ड–१
सिटिजन्स म्युचुअल फन्ड–१ को चुक्ता पुँजी ८२ करोड रुपैयाँ रहेको छ । जसले ६६ वटा कम्पनीमा ३१ लाख ८० हजार ३७७ कित्तामा ४० करोड १२ लाख ५८ हजार ८८४ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीको सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा २ लाख ८५ हजार ७ सय कित्तामा ८ करोड ५७ लाख १० हजार रुपैयाँ, विकास बैंकमध्ये ज्योति विकास बैंकमा ३३ हजार ५८६ कित्तामा ४६ लाख ३४ हजार ८६८ रुपैयाँ र जीवन बीमामा नेसनल लाइफ इन्स्योरेन्समा २४ हजार ४०२ कित्तामा १ करोड ६६ लाख ४२ हजार १६४ रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थामा २३ हजार ९१७ कित्तामा ८७ लाख ५३ हजार ६२२ रुपैयाँ, निर्जीवन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्समा १५ हजार ५९ कित्तामा ६८ लाख ९७ हजार २२ रुपैयाँ र जलविद्युत्मा बुटवल पावर कम्पनीमा ६ हजार २६५ कित्ता बराबरको २८ लाख ६९ हजार ३७० रुपैयाँ लगानी गरेको छ ।

ग्लोबल आइएमई समुन्नत योजना–१
ग्लोबल आइएमई समुन्नत योजना–१ को चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसले ९६ वटा कम्पनीमा ५३ लाख ४५ हजार ७४० कित्ता बराबरको ७० करोड ११ लाख ४८ हजार ३२३ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा १ लाख ८१ हजार ८५० कित्तामा ५ करोड ४५ लाख ५५ हजार रुपैयाँ, विकास बैंकमध्ये कञ्चन विकास बैंकमा ४३ हजार ३६९ कित्तामो ७५ लाख २ हजार ८३७ रुपैयाँ र जीवन बीमामा नेसनल लाइफ इन्स्योरेन्समा ४० हजार ३९५ कित्तामा २ करोड ७५ लाख ४९ हजार ३९० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थामा २० हजार कित्तामा ७३ लाख २० हजार रुपैयाँ, निर्जीवन बीमा कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा ३२ हजार १८२ कित्तामा १ करोड ६५ लाख ४१ हजार ५४८ रुपैयाँ र जलविद्युत्मा सानिमा माई हाइड्रोपावर कम्पनीमा ३२ हजार ३२२ कित्तामा ७८ लाख ५४ हजार २४६ रुपैयाँ लगानी
गरेको छ ।

लक्ष्मी इक्विटी फन्ड–१
लक्ष्मी इक्विटी फन्ड–१ को चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । जसले १४ लाख ९६ हजार ९६८ कित्तामा ७० करोड ५४ लाख ७ हजार ९१८ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमा एनएमबि बैंकमा १ लाख ३२ हजार ८५९ कित्तामा ४ करोड ५९ लाख ६९ हजार २१४ रुपैयाँ, विकास बैंकमा मुक्तिनाथ विकास बैंकमा ४८ लाख ७२९ कित्तामा १ करोड ९६ लाख ८६ हजार ५१६ रुपैयाँ र लाइफ इन्स्योरेन्समा नेसनल लाइफ इन्स्योरेन्समा ३७ हजार ४८७ कित्तामा २ करोड ५५ लाख ६६ हजार १३४ रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्समा ३६ हजार १२६ कित्तामा १ करोड ८२ लाख ७९ हजार ७५६ रुपैयाँ, जलविद्युत्मा सानिमा हाइड्रोपावरमा ३६ हजार ५१ कित्तामा ८७ लाख ६० हजार ३९३ रुपैयाँ र लघुवित्तमा डिप्रोक्स लघुवित्तमा १४ हजार ५८० कित्तामा ९३ लाख ६० हजार ३६० रुपैयाँको लगानी गरेको छ ।

लक्ष्मी भ्यालु फन्ड–१
लक्ष्मी भ्यालु फन्ड–१ को चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । जसले ३४ वटा कम्पनीमा ६ लाख १९ हजार ३२ कित्तामा ३१ करोड १८ लाख ३१ हजार ८५० रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये एनएमबि बैंकमा ५८ हजार १२७ कित्तामा २ करोड १ लाख ११ हजार ९४२ रुपैयाँ, विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकमा ९ हजार ९२६ कित्तामा ४० लाख १० हजार १०४ रुपैयाँ र जीवन बीमामा नेपाल लाइफ इन्स्योरेन्समा २२ हजार १२४ कित्तामा २ करोड ५ लाख ७५ हजार ३२० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा रुरल माइक्रोफाइनान्स वित्तीय संस्थामा २३ हजार १८७ कित्तामा १ करोड ४३ लाख २९ हजार ५६६ रुपैयाँ, निर्जीवन बीमा कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्समा २१ हजार ३६८ कित्तामा १ करोड ९ लाख ८३ हजार १५२ सय रुपैयाँ र जलविद्युत्मा चिलिमे हाइड्रोपावरमा २५ हजार ७२३ कित्तामा १ करोड ७५ लाख ६८ हजार ८०९ रुपैयाँ लगानी गरेको छ ।

नबिल इक्विटी फन्ड
नबिल इक्विटी फन्डको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । जसले ५६ वटा कम्पनीमा १६ लाख २० हजार १९८ कित्ता बराबरको ६२ करोड ६२ लाख ३५ हजार २३३ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये एनएमबि बैंकमा ४५ हजार ४५३ कित्तामा १ करोड ५७ लाख २६ हजार ७३८ रुपैयाँ, विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकमा २९ हजार ८६१ कित्तामा १ करोड २० लाख ६३ हजार ८४४ रुपैयाँ र जीवन बीमामा नेपाल लाइफ इन्स्योरेन्समा ३० हजार ४८ कित्तामा २ करोड ७९ लाख ४४ हजार ६४० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा २८ हजार १९१ कित्तामा २ करोड ६७ लाख ८१ हजार ४५० रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनीमा २४ हजार ४०५ कित्तामा २ करोड १२ लाख ३२ हजार ३५० रुपैयाँ र जलविद्युतमा बुटवल पावर कम्पनीमा ५६ हजार ५५७ कित्तामा २ करोड ५९ लाख ३ हजार १०६ रुपैयाँ लगानी गरेको छ ।

एनआईबीएल प्रगति फन्ड
सानिमा इक्विटी फन्डको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । जसले ६६ वटा कम्पनीमा ५४ करोड ५० लाख १७ हजार ९४७ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा १ लाख १५ हजार ५३९ कित्तामा ३ करोड ४६ लाख ६१ हजार ७ सय रुपैयाँ, विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकमा ४२ हजार ८४ कित्तामा १ करोड ७० लाख १ हजार ९३६ रुपैयाँ र लाइफ इन्स्योरेन्समा एसियन लाइफ इन्स्योरेन्समा ३९ हजार ५७२ कित्तामा २ करोड २१ लाख ६० हजार ३ सय २० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा छिमेक लघुवित्तमा १५ हजार ७५४ कित्तामा १ करोड ३८ लाख ७९ हजार २७४ रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा सिद्धार्थ इन्स्योरेन्समा ३३ हजार ८८१ कित्तामा २ करोड १९ लाख २१ हजार ७ रुपैयाँ र जलविद्युत्मा बुटवल पावर कम्पनीमा १० हजार २० कित्ता बराबरको ४५ लाख ८९ हजार १६० रुपैयाँ लगानी गरेको छ ।

एनआईबीएल समृद्धि फन्ड–१
एनआईबीएल समृद्धि फन्ड–१ को चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । जसले ८१ वटा कम्पनीमा ७८ करोड ३५ लाख ४५ हजार ८१५ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा १ लाख ८९ हजार ७८१ कित्तामा ५ करोड ६९ लाख ३४ हजार ३ सय रुपैयाँ, विकास बैंकमध्ये गरिमा विकास बैंकमा ५० हजार ९८५ कित्तामा ९१ लाख ७७ हजार ३ सय रुपैयाँ र जीवन बीमामा एसियन लाइफ इन्स्योरेन्समा ४३ हजार ५७३ कित्तामा २ करोड ४४ लाख ८८० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा साना किसान माइक्रोफाइनान्स वित्तीय संस्थामा २७ हजार ३७१ कित्तामा २ करोड ९४ लाख ५१ हजार १९६ रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्समा २५ हजार ८७८ कित्ता बराबरको १ करोड ४ लाख २८ हजार ८३४ रुपैयाँ र जलविद्युत्मा चिलिमे हाइड्रोपावरमा ४८ हजार ४९२ कित्तामा ३ करोड ३१ लाख २० हजार ३६ रुपैयाँ लगानी गरेको छ ।

एनआईसी एसिया ग्रोथ फन्ड
एनआईसी एसिया ग्रोथ फन्डको चुक्ता पुँजी ८३ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसले ५५ वटा कम्पनीमा ९ लाख ४४ हजार ४०४ कित्ता बराबरको ३९ करोड २३ लाख ३ हजार ६८५ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा ७२ हजार २ सय कित्तामा २ करोड १६ लाख ६० हजार रुपैयाँ, विकास बैंकमध्ये कामना सेवा विकास बैंकमा ६९ हजार ७७६ कित्तामा ४६ लाख ६१ हजार ५१४ रुपैयाँ र जीवन बीमामा नेपाल लाइफ इन्स्योरेन्समा १८ हजार ८४६ कित्तामा १ करोड ७५ लाख २६ हजार ७८० सय रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा साना किसान विकास बैंकमा ११ हजार ९०५ कित्ता बराबरको १ करोड २८ लाख ९ हजार ७८० रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्समा १४ हजार १३० कित्तामा १ करोड २२ लाख ९३ हजार १ सय रुपैयाँ र जलविद्युत्मा चिलिमे हाइड्रोपावरमा १५ हजार ७४५ कित्तामा १ करोड ५ लाख ५७ हजार ८१४ रुपैयाँ लगानी गरेको छ ।

एनएमबि हाईब्रिड फन्ड एल–१
एनएमबि हाईब्रिड फन्ड एल–१ को चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसले ३९ वटा कम्पनीमा ४ लाख ९१ हजार २४४ कित्तामा २४ करोड २५ लाख ८० हजार ३१५ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरमा ३७ हजार ५६ सय कित्तामा २ करोड १० लाख ४७ हजार ८०८ रुपैयाँ, विकास बैंकमध्ये एक्सेल डेभलपमेन्ट बैंकमा २१ हजार ९०४ कित्तामा ६२ लाख ४२ हजार ६४० रुपैयाँ र जीवन बीमामा प्राइम लाइफ इन्स्योरेन्समा ७ हजार ३१२ कित्तामा ३४ लाख ८० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा साना किसान माइक्रोफाइनान्स वित्तीय संस्थामा ९ हजार ९५२ कित्ता बराबरको १ करोड ७ लाख ८ हजार ३५२ रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्समा १५ हजार ४०४ कित्तामा ७६ लाख ७६ हजार २० रुपैयाँ र जलविद्युत्मा राधी विद्युत्मा ३ हजार ६८४ कित्ता बराबरको ६ लाख ६६ हजार ८०४ रुपैयाँ लगानी गरेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । जसले ५९ वटा कम्पनीमा ८ लाख ७१ हजार १४१ कित्ता बराबरको ४० करोड ९७ लाख ५१ हजार ८५३ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंकमा ४० हजार १२६ कित्तामा १ करोड ३४ लाख ४२ हजार २१० रुपैयाँ, विकास बैंकमध्ये गण्डकी विकास बैंकमा २४ हजार ३७० कित्तामा ४८ लाख ९८ हजार ३७० रुपैयाँ र जीवन बीमामा प्राइम लाइफ इन्स्योरेन्समा १५ हजार ७२६ कित्तामा ७३ लाख १२ हजार ५९० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा डिप्रोक्स लघुवित्त वित्रीय संस्थामा १३ हजार ७८० कित्तामा ८८ लाख ४६ हजार ७६० रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्समा १८ हजार २१९ कित्तामा ७३ लाख ४२ हजार २५७ रुपैयाँ र जलविद्युत् कम्पनीतर्फमा बुटवल पावर कम्पनीमा २२ हजार २६२ कित्तामा १ करोड १ लाख ९५ हजार ९९६ रुपैयाँ लगानी गरेको छ ।

सानिमा इक्विटी फन्ड
सानिमा इक्विटी फन्डको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जसले ५२ वटा कम्पनीमा ४० करोड ४४ लाख ८७ हजार ८४६ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा १ लाख १६ हजार ३४१ कित्तामा ५ करोड ८९ लाख २ हजार ३ रुपैयाँ, विकास बैंकमध्ये कैलाश विकास बैंकमा १९ हजार ४०९ कित्तामा ४७ लाख १६ हजार ३८७ रुपैयाँ र लाइफ इन्स्योरेन्समा नेसनल लाइफ इन्स्योरेन्समा १७ हजार ९५० कित्तामा १ करोड २२ लाख ४१ हजार ९ सय रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा छिमेक लघुवित्तमा १४ हजार ४९ कित्तामा १ करोड २३ लाख ७७ हजार १६९ रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्समा १२ हजार १३६ कित्तामा १ करोड ५ लाख ४६ हजार १८४ रुपैयाँ र जलविद्युत्मा चिलिमे हाइड्रोपावरमा ३० हजार कित्तामा २० लाख ५५ हजार १४७ रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम
सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसले ५७ वटा कम्पनीमा १२ लाख ५० हजार ३५१ कित्तामा ५६ करोड ४७ लाख ८५ हजार ४५६ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा १ लाख ३ हजार ९६ कित्ता बराबरको ३ करोड ९ लाख २८ हजार ८ सय रुपैयाँ, विकास बैंकमध्ये कामना सेवा विकास बैंकमा ३२ हजार ५९८ कित्तामा ४६ लाख ६१ हजार ५१४ रुपैयाँ र लाइफ इन्स्योरेन्समा नेपाल लाइफ इन्स्योरेन्समा ४८ हजार ९६७ कित्तामा ४ करोड ५५ लाख ३९ हजार ३१० सय रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा डिप्रोक्स लघुवित्तमा ५० हजार २६० कित्तामा ३ करोड २२ लाख ६६ हजार ९२० रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्समा १३ हजार ८९ कित्ता बराबरको ६६ लाख २३ हजार ३४ रुपैयाँ र जलविद्युत् कम्पनीतर्फ चिलिमे हाइड्रोपावर कम्पनीमा ४१ हजार ७४५ कित्ता बराबरको २ करोड ८५ लाख ११ हजार ८३५ रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्विटी फन्ड–१
सिद्धार्थ इक्विटी फन्ड–१ को चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जसले ६२ वटा कम्पनीमा १२ लाख ४५ हजार ७९५ कित्तामा ५० करोड ४० लाख ६ हजार ७८ दशमलव ६६ रुपैयाँको शेयर लगानी गरेको छ ।

यस कम्पनीले सबैभन्दा बढी शेयर लगानी वाणिज्य बैंकमध्ये नेपाल बैंकमा ३ लाख ११ हजार ३८ कित्तामा ९ करोड ३३ लाख ११ हजार ४ सय रुपैयाँ, विकास बैंकमध्ये सांग्रिला विकास बैंकमा ८० हजार ५२ कित्तामा ११ लाख ५१ हजार ४३६ रुपैयाँ र जीवन बीमामा नेपाल लाइफ इन्स्योरेन्समा ५१ हजार ५८४ कित्तामा ४ करोड ७९ लाख ७३ हजार १२० रुपैयाँको लगानी गरेको छ ।

त्यस्तै लघुवित्तमा रुरल माइक्रोफाइनान्स वित्तीय संस्थामा १२ हजार ४१४ कित्तामा ७६ लाख ७१ हजार ८५२ रुपैयाँको, निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्समा ११ हजार ७१६ कित्ता बराबरको १ करोड १ लाख ९२ हजार ९२० रुपैयाँ र जलविद्युत्मा बुटवल पावर कम्पनीमा २७ हजार ५९३ कित्तामा १ करोड २६ लाख ३७ हजार ५९४ रुपैयाँ लगानी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया