ब्याजदरमा प्रतिस्पर्धा, बैंकहरुले निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिन थाले


आर्थिकन्यूज

काठमाडौं, मंसिर २० । वाणिज्य बैंकहरुले आ–आफना बैंकको मुद्धती खाताको ब्याजदर बढाउने होडबाजी चलेको छ । नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर तोक्न बैंकरहरुलाई स्वतन्त्र छोडेपछि निर्धान गर्न सुविधा दिएपछि ब्याजदर बढाउने प्रस्पिर्धा सुरु भएको हो । बैंकहरु बीचको सहमति तोडिएकै भोलिपल्ट बुधबार जनता बैंक र माछापुच्छ्रे बैकले क्रमशः १२ प्रतिशत र १२ दशमलव ५०५ ब्याजदर दिने प्रस्ताव गरेको थियो ।

घोषणा गरे लगत्तै बिहीबार फेरि कुमारी बैंकले यी दुवैलाई उछिन्ने गरी व्यक्तिगत मुद्दतिमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले न्युनतम १० हजार रुपैयाँदेखि जम्म गर्न सकिने गरी वार्षिक १३ प्रतिशत ब्याजदर मासिक रुपमा भुक्तानी हुने विशेष मुद्धती खाता आहान गरेको छ ।

कुमारीले १३ प्रतिशत ब्याजमा ३ वर्षसम्म मुद्दति निक्षेप स्वीकार गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया