आजबाट मध्यभोटेकोशीको संगठित संस्था र सर्वसाधारणलाई आइपीओ, ५० देखि १२ सय कित्तासम्म आवेदन दिन पाइने


आर्थिकन्यूज

काठमाडौं, मंसिर १९ । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले पहिलो चरणको आईपीओ बिक्री सकेर आजबाट दोस्रो चरण अर्थात संस्थापक संगठित संस्थाका कर्मचारी र ऋयादाता संस्थाका कर्मचारीका लागि आइपीओ बिक्री खुला गरेको छ ।

आजबाट खुला भएको यस्तो आइपीओ संगठीत संस्थाका कर्मचारीलाई २१ लाख र ऋयादाता संस्थाका कर्मचारीलाई ६ लाख कित्ता शेयर छुट्याइएको छ । यसको शेयर आवेदन कम्तिम ५० कित्ता देखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाइन्छ ।

कर्मचारी संचकोषका कर्मचारीले १२ सय कित्ता सम्म र संस्थापक शेयरमा लागनी गर्ने चिलिमे जलविद्युत, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट नेपाल अरनिको हाइड्रोपावर र सिन्धु भोटेकोशी हाइड्रोपावरका कर्मचारीले भने ५०० कित्ता सम्म शेयर आवेदन दिन पाउने छन् । यसको बिक्री २६ गतेसम्म खुला हुने छ ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्री यही मंसिर १४ सम्म खुला गरेको थियो । यो समयमा शेयर आवेदन दिएका कर्मचारी संचयकोषका कर्मचारीले अब शेयर आवेदन माग गर्न पाउँदैनन
। कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संंगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु छ अर्ब रहेको छ ।

कम्पनीको शेयरमा कर्मचारी संचय कोषका कर्मचारीले गत कात्तिक २८ गतेदेखि मङ्सिर १४ गतेसम्म आवेदन दिइसकेका छन। अब संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी दोस्रो चरणको आइपीओ आएको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया