ठगी गर्ने पेट्रोल पम्पलाई कैद र जरिवना


आर्थिकन्यूज

काठमाडौ,  मङ्सिर १८ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही गरेको छ ।

विभागले १० लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा ४०० मिलिलिटरसम्म ठगी गरेको भन्दै विजय आयल स्टोर कलैयालाई आज कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्वयरका माध्यामबाट व्यापक ठगी गरेकाले कारवाही गरेको बताउनुभयो । “कानून प्रक्रिया पूरा गरी तीन महीना कैद सजाय र रु १० हजार जरिवाना गरेका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्नेक्रम बढेपछि विभागले यस्ता पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महीना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया