गाैशालामा व्यवसायीमाथि खुकुरी प्रहार


आर्थिकन्यूज

काठमाडाैं, मंसिर १८ । काठमाडौंको गौशालामा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ।

सर्लाही हरिवन घर भई गौशाला बस्दै आएकी कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको गौशाला प्रहरीले बताएको छ।

वाग्ले खुकरी प्रहारबाट घाइते भएकी छिन्। खुकुरी प्रहार गरेको अभियोगमा भारतीय नागरिक आनन्द कुमार पक्राउ परेका छन्।

लेनदेन विवादमा उनीहरूबीच झगडा भएको हुन सक्ने प्रहरीको अनुमान गरिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया