माथिल्लो तामाकोशी आयोजना पुरा गर्ने खाकासहित् ७ दिन भित्र उपस्थित हुन निर्देशन्


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुरा गर्ने खाकासहित सात दिन उपस्थित हुन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण प्रक्रियामा केही अवरोध आएपछि मन्त्री पुनले त्यस्तो निर्देशन दिएबो बुझिएको छ ।

मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि, भारतीय ठेकेदार टेक्सम्याको रेलवे इञ्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई तत्काल समााधन गर्न निर्देशन दिएको हो ।

समयमा काम अघि नबढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनी समेत मन्त्री पुनले दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित ऊर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतिका बारेमा जानकारी लिन दोलखा पुगेका थिए। आयोजनामा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया