सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त


आर्थिकन्यूज

काठमाडैं, मंसिर १७ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त गरेको छ ।

विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एम.पि.ए. तथा एम.वि.ए गरिसकेका छ ।

यस अघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आरम्भ माइक्रोफाइनान्स भन्दा अघि राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरुमा हाल ३१ वटा शाखा कार्यालयहरु मार्फत करिव १८ हजार ८ सय भन्दा बढि ग्राहक सदस्यहरुमा आय आर्जनको निमित्त ६४ करोड भन्दा बढी रकम लगानीमा बाँकि रहेको छ ।

आगामी दिनमा थप शाखाहरु संचालनमा ल्याई थप घरपरिवारलाई विभिन्न लघुवित्तीय सेवाहरु उपलव्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया