३८४२ मि. अग्लो कालिञ्चोकबाट हेर्दा समुन्द्र झैं लाग्ने दृष्य देखियो (फाेटाे फिचरसहित)


आर्थिकन्यूज/शान्ति श्रेष्ठ

काठमाडौं, मंसिर १७ । नेपालको पर्यटकीय क्षेत्रहरुमध्ये एक कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो।

कुनै बेला हिँउले ढपक्कै ढाकेर हिमाल झैं देखिने मनमोहक दृष्यसमेत हेर्न पाइने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुको सदाबहार नै झिड लाग्ने गरेको छ ।

अहिले भने हिउँको सिजन नभए पनि अग्लो स्थानबाट वरिपरिको रमणीय दृष्याबलोकन गर्न पाउनुका साथै बिहानी पख बादलको विभिन्न स्वरुपले समुन्द्र झैं देखिने दृष्यसमेत हामी देख्न सक्छौं । उक्त स्थानमा हाल केबुलकारको सुविधासमेत थपिएको छ ।

सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तरी क्षेत्रमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा रहेको छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

साथै कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया