हाम्रो नमूना सहकारीको २०औं साधारणसभा सम्पन्न


आर्थिकन्यूज

ललितपुर, मंसिर १५ । हाम्रो नमूना बचत तथा ऋण सहकारीले आफ्नो स्थापनाको  २० औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मदमा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको सहकारीका अध्यक्ष शम्भुप्रसाद फुँयालले जानकारी दिएका छन् ।

हाम्रो नमूना सहकारीले आफ्नो स्थापनाको २० औं वर्षसम्म आइपुग्दा ३ हजार १ सय २८ जना शेयर सदस्य र ८ करोड ६९ लाख ९ सय रुपैयाँ शेयर पुँजी आर्जन गर्न सफल भएको अध्यक्ष फुँयालले बताए ।

त्यस्तैगरि, सहकारीले शेयरधनीबाट संकलित रकम ५२ करोड १३ लाख बचत रहेको छ । यसबाट शेयरधनीहरुमा ५८ करोड रुपैयाँ रकम लगानी गरेको उक्त वार्षिक साधारणसभामा जानकारी गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया