कृषि फ्रेसको नाममा चरम बदमासी, होलसेलबाट तरकारी किनेर अर्गानिक भन्दै बेच्दै


आर्थिकन्यूज
Vehicle heads towards Balkhu vegetable market to load material

काठमाडौं, मंसिरि ७ । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्री गर्दै आएको पाइएको छ। उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ।

कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल (आउटलेट) बाट बिक्री गर्दै आइरहेको छ। कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रूपमा विगत ९ वर्षदेखि परिचित छ।

कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको (कृषि फ्रेसको) टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजारमा अर्गानिकका नाममा पठाउने गरेको तथ्य फेला पारेका हुन्।

सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रूपमा विगत ९ वर्षदेखि परिचित छ।
कृषि फ्रेसको तरकारी बोक्ने गाडीलाई संवाददाताले पछ्याउँदा आउलटेमा तरकारी छाड्दै बल्खुको होलसेलमा छिरेको थियो। बल्खुमा तरकारी लोड गरी प्याकेजिङका लागि टीकाथली फर्केको र साँझ गाडीमा सबै तरकारी प्याकेजिङ गरी आउटलेटमा पुगेको थियो।

‘कृषि फ्रेसले पहिलेदेखि नै बल्खु क्षेत्रबाट तरकारी संकलन गरी विभिन्न आउटलेटमा आपूर्ति गर्दै आइरहेको हो,’ स्रोतले भन्यो, ‘बल्खु क्षेत्रबाट खरिद गरिएका तरकारी टीकाथली पु¥याइन्छ, वितरण गर्नुअघि सोही ठाउँमा सफा गरी लेबल टाँसिन्छ।’

उक्त संस्थाले विषादी नमिसाएको कृषिजन्य पदार्थ उत्पादन गरी बजारमा पु¥याउनुपर्नेमा उपभोक्तालाई ठग्ने गरी गलत अभ्यास गरेको स्रोतको भनाइ छ। ‘उक्त संस्था ९कृषि फ्रेस० ले बेलाबेलामा विषादी नमिसाएका तरकारीको प्रयोग गर्नुपर्ने अभियान चलाइरहेको छ,’ स्रोतले भन्यो, ‘कृषि संस्थाले सोझै किसानबाट तरकारी खरिद गरी उपभोक्तासमक्ष पुर्याउँछ भन्ने भनाइ सत्य होइन।’ नागरिक दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया