‘खुक्र्याे कि फुक्रर्यो’ योजना ११० प्रतिशत सफल


आर्थिकन्यूज

काठमाडौं, मंसिर १ । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ योजना सार्वजनिक गरेको थियो । ग्राहकको उत्साहजनक सहभागीता , कम्पनीले आफूले लक्षित लक्ष्य १०० % भन्दा, १० % बढी ११० % गरेको छ ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको थियो । यो योजनमा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर विभिन्न पुरस्कार जित्न सफल भएका छन् ।

हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितका छन् । प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया