अमिर खानको पछिल्लो चलचित्रले नयाँ रेकर्ड बनाउँदै


आर्थिकन्यूज

एजेन्सी, कात्तिक २२ । खमिर खानले निर्माण गरेको चलचित्र ठग्स आफ हिदूस्तानले नयाँ रेकर्ड बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिपावलीको उवसर पारेर र प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो दिनमा नै ५० करोडभन्दा बढीको कारोबार गरेको जनाइएको छ ।

चलचित्र ट्रेड एक्पर्ट कोमल नहाटाका अनुसार चलचित्रको शुरुको दिनमा नै ५२देखि ५५ करोड उठाउने अनुमान भएकाले यसले भारतीय चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाउने निश्चित छ ।

यो चलचित्र भारतमा ५०० र विदेशमा २००० स्क्रिनमा प्रदर्शन गरिएको छ । चलचित्र हेर्न आउनु ग्राहले चलचित्र प्रदर्शन हुनुपूर्व नै २ लाख टिकट विक्रि भइरहेको नहाटाले बताए ।

यो चलचित्र २४० करोडमा निर्माण गरिएको चलचित्र हो । यसको २२० करोड चलचित्रको लागत हो भने २० करोड रुपैयाँ प्रमोसनका लागि छुट्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया